अष्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा,तीन सय पचास बढी संक्रमित

१७ मार्च,सिड्नी ।
चीनमा नियन्त्रण हुदै गएको कोरोनाभाईरस (कोभिड-१९)को महामारी युरोपका देशहरुमा परेको छ । युरोपमा यसले आंतकित पारेपछि विश्व स्वास्थ्य संगठनले समेत यसलाई महामारीको रुपमा घोषणा गर्दै कोरोनाभाईरसको अहिलेको केन्द्रबिन्दु युरोप भएको घोषणा गरेको केहि दिनमै अष्ट्रेलियाले संकटकाल घोषणा गरेको छ ।कोरोनाभाईरसको नियन्त्रणका लागि अष्ट्रेलियाका तीन राज्य भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले संकटकाल घोषणा गरेका हुन् । कोरोनाभाईरसकै कारण अष्ट्रेलियामा यो समचार तयार पार्दा सम्म तीन सय पचास भन्दा बढी संक्रमित पुष्टी भएको छ । जसमा सर्बाधिक एनएसडब्लुमा १७१ जनामा संक्रमण पुष्टी भएको छ । एनएसडब्लुमा चार जनाको मृत्यु भईसकेको छ । यस्तै २५ हजार बढीको कोरोना परिक्षण गरिएको छ भने जस्मा १ हजार २ सयको परिक्षण अनुसन्धानकै क्रममा रहेको छ ।

अहिले अष्ट्रेलियामा कुनै पनि प्रयोजनमा आउने स्वदेशी तथा बिदेशी सबै १४ दिन सम्म सेल्फ आईसोलेसनमा बस्न पर्ने सरकारको निति तथा मापडण्ड छ । सरकारको नियम तोडेमा राज्य अनुसार ११ हजार डलर देखि ५० हजार डलर सम्मको जरिबाना र जेल सँजाय सरकारले तोकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।