१५ मार्च,सिड्नी ।
गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ । तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चार हजारको हाराहारीमा ज्यान गुमाईसकेका छन् । चीनमा नियन्त्रणमा आईसकेको कोरोनाभाईरसले यतिबेला युरोप मुलुकमा महामारीमा फैईलिएको छ ।चीन पछि साउथ कोरिया हुदै ईटालीमा कोरोनाले आंतक मच्चाईरहेको छ । यस्को प्रतिकुल असर पछिल्लो समय अमेरिका,अष्ट्रेलिया,क्यानडा र युकेमा समेत ठुलो मात्रामा परेको छ । यि चारै देशका भिभिआईपिहरुमा नै कोरोनाभाईरसको संक्रमण पुष्टी भएका छ । नर्वेका राजारानी सहित राज परिवार समेत क्वारेन्टाईनमा छन् । यस्तै बेलायतको स्वास्थ्यमन्त्री,अष्ट्रेलियाका गृहमन्त्री,क्यानडाका प्रधानमन्त्री दम्पती र अमेरिकाका एक भिभिआईपिलाईमा समेत कोरोनाको संक्रमण पुष्टी भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरानाको अहिलेको केन्द्रबिन्दु युरोप रहेको घोषणा गरेको छ ।
अष्ट्रेलियाले लकडाउनको तयारीमा छन् । अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका छन् । अष्ट्रेलिया बाट अप्रिल पहिलो साता सम्मको अधिकांस अन्तर्राष्ट्रिय उडान रद्द भईसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएका अन्तर्राष्ट्रिय ठुला मिडियाले जनाएका छन् । कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा फैलिएको छ ।
यसै बिच अष्ट्रेलियामा आज (आईतबार) मध्यरात १२ बजे देखि कुनै पनि देशबाट आउने आगन्तुकहरु सेल्फ आईसोलेसनमा बस्नपर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले एक पत्रकार सम्मेलन मार्फत सो घोषणा गरेका हुन् । यो नियम अष्ट्रेलियन नागरिक र विदेशी सबैलाई लागु हुनेछ । नियम तोड्नेलाई ५० हजार डलर जरिवाना हुन सक्नेछ । यस्तै कम्तिमा ३० दिनका लागि अष्ट्रेलियामा आउने कुनैपनि पानी जहाजलाई प्रवेश नदिने घोषणा गरेका छन् । अष्ट्रेलिया सहित युरोपमा कोरोनाभाईरसको संक्रमण बढ्दो छ ।