राजेन्द्र,जेनिमा र सीता बनिन् मिष्टर,मिस र मिसेज नेपाल ओसेनिया २०२०

१४ मार्च सिड्नी ।
हरेक दुई बर्षमा सिड्नीमा आयोजना हुदै आएको मिष्टर,मिस र मिसेज नेपाल ओसेनिया २०२० शनिबार सिड्नी स्थित क्याम्प्सिमा सम्पन्न भएको छ ।युनाईटेड नेप्लिज आर्ट्स एन्ड ईन्टरटेन्मेन्टको आयोजना रहेको सुन्दरी प्रतियोगीतामा मिष्टर नेपाल ओसेनिया राजेन्द्र रावत बनेका छन् । यस्तै रजित प्रधान फर्ष्ट रनरअप र आयुष शाही सेकेन्ड रनरअप घोषित भएका छन् ।यस्तै प्रतियोगीताको मिस नेपाल ओसेनिया २०२० को शिर्ष उपाधि जेमिना श्रेष्ठले जितेकी छिन् । उनले फाईनलका अन्य तीन प्रतियोगीलाई पछि पार्दै उपाधी जित्न सफल भएकी हुन् । प्रतियोगिताको फर्ष्ट रनरअप अन्शिका शर्मा घोषित भएका छन् । उपाधिको सेकेन्ड रनरअप रेश्मी गुरुङ बनिन् भने थर्ड रनरअप श्रद्दा घिमिरे बनेकी छिन् ।

मिसेज नेपाल ओसेनिया २०२० को शिर्ष उपाधि सीता शम्बाले जित्न सफल भएकी छिन् । उपाधिको फर्ष्ट रनरअप अर्चना डी क्षेत्री बनिन् । यस्तै श्रीशा गैरे सेकेन्ड रनरअप र रजनी त्रिखत्री थर्ड रनरअप बन्न सफल भएकी छिन् ।यस प्रतियोगीताको मिष्टर नेपाल ओसेनियाको शिर्ष उपाधि बिजेताले फिलिपिन्समा हुने म्यान अफ द वर्ल्डमा सीधा सहभागीता जनाउन पाउनेछन् । मिस नेपाल ओसेनियाको शिर्ष उपाधि बिजेताले मिस नेपाल २०२० मा सीधा प्रतियोगी बन्नेछिन् । कार्यक्रमा प्रतियोगीतहरुले सांस्कृतिक पहिरनको प्रदर्शनका साथै कलाकारहरुले प्रस्तुती दिएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।