अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोनाभाईरसको पुष्टी

१३ मार्च,सिड्नी ।
चीनमा नियन्त्रणमा आईसकेको कोरोनाभाईरस (कोभिड-19) ले अष्ट्रेलियामा आंतक मच्चाएको छ । केहि समय अघि सम्म अष्ट्रेलियामा यस्को खासै प्रभाब नपरे पनि पछिल्लो समय त्रासित बनाएको छ ।सर्बसाधारणमा देखा परे पनि भिभिआईपीमा कोरोनाले छोएको थिएन । तर,शुक्रबार अष्ट्रेलियाका गृह मामिला मन्त्री पिटर डटनमा कोरोनाभाईरसको सकारात्मक पुष्टी भएको छ । गृहमन्त्री डटन आफैले बिज्ञप्ती जारी गर्दै सो कुराको पुष्टी गरेका हुन् ।गृहमन्त्री डटन शुक्रबार बिहान उठ्दा अत्याधिक तापक्रम बढेको र श्वास-प्रश्वासनमा अप्ठ्यारो महशुर गरे लगत्तै उनले क्विसल्याण्डको सरकारी हेल्थलाई जानकारी गराएको र कोरोनाको परिक्षण गर्दा सकरात्मक भेटिएको उनको बिज्ञप्तीमा बताईएको छ ।४९ बर्षीय डटन सहित क्विसल्याण्डमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । गत रात मात्रै क्विसल्याण्डमा ८ नयाँ केसहरु पुष्टी भएका छन् । डटनले हालै अमेरिकाको भम्रण गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।