कोरोनाको त्रास,कुवेत लकडाउन

२९ फागुन,काठमाडौं।
महामारी रोगको रुपमा विश्व स्वास्थ्य संगठनले कोरोनाभाईरसलाई घोषणा गरिसकेको छ । चीनको हुबे प्रान्तको वुहान शहर बाट सुरु भएको यो महामारी रोग चीनमा नियन्त्रणमा आउदै गर्दा विश्वका ११८ भन्दा बढी देशमा फैईलिएको छ ।कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कुवेत टाइम्सका अनुसार मन्त्रिपरिषदको बैठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान ठप्प गर्ने निर्णय गरेको छ । सरकारले देशभर सार्वजनिक घोषण गरेको छ र सबै पब्लिक क्षेत्रका कर्मचारीलाई विदामा पठाएको छ ।कोरोनाकै कारण धेरै देशहरुमा आंशिक रुपमा लकडाउन भईसकेका छन् । भारतले समेत लक डाउनको छनक देखाईसकेको छ । बोर्डरमा बन्देज गरिसकेको छ । भने,उडानमा समेत कडाई गरेको छ ।अन्य देशबाट कुवेत फर्किने कुवेती नागरिकहरुको लागि उडान सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । जसको अर्थ कुवेत बाहिरी संसारबाट पूरै कट अफ हुने भएको छ । कार्गो विमान भने संचालन हुनेछन् ।

मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । मलभित्रका रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न आदेश दिइएको छ ।सरकारको निर्णयपछि देशमा कर्फ्यु नै लगाइएको हल्ला चले पनि सरकारले यो कर्फ्यु नभएको बताएको छ । बैंकहरु पनि मार्च १२ देखि मार्च २६ सम्म बन्द गर्ने निर्णय गरिएको छ । सबै कारोबार अनलाइनबाट गर्न सकिने बैंकिङ एसोसिएसनले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।