१२ मार्च,सिड्नी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केहि घण्टा अघि मात्रै कोरोनाभाइरसलाई महामारी रोगका रुपमा घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मिडिया ब्रिफिङको ६ घण्टा पनि नबित्दै अष्ट्रेलियाको एनएसडब्लु राज्यको हेल्थले कोरोनाकोबारे मिडिया ब्रिफ गरेको छ ।एनएसडब्लु हेल्थले बिहबार बिहान गरेको मिडिया ब्रिफिङमा एनएसडब्लुमा कोरोनाभाईरसको संक्रमित संख्या ७७ (बिहिबार बिहान ७ बजे सम्म) पुगेको बताएको छ । बुधबार सम्म ६१ संक्रमित रहेकोमा २४ घण्टाकै अबधिमा १६ नयाँ संक्रमित पुष्टी भएको हो । यसले एनएसडब्लुमा कोरोनाभाईरसको असर दिन दुई गुना रात चार गुनाको रुपमा वृद्दी भएको प्रस्ट देखीएको छ ।एनएसडब्ल्यूका प्रमुख स्वास्थ्य अधिकारी डा.केरी चैन्टका अनुसार यसरी कोरोनाभाईरस फैलिदा एनएसडब्लुका जनतालाई सचेत रहन चेतावनी समेत बढेको छ । मिडियामा ब्रिफिङमा चैन्टले भने कि राज्यमा केही नयाँ घटनाहरू विदेशमा यात्रा नगरेका व्यक्तिहरुमा थिए । उनले यस बाट सचेत हुनका लागि आम जनताहरुले मुख्य सन्देसहरु राम्रो संग ध्यान दिनुपर्छ ।
डा.चैन्टले सम्बोधनका क्रममा यदी अस्वस्थ्य अबस्था छ या त त्यस किसिमको अनुभब गरेको छ भने काममा नजान समेत अनुरोध गरेकी छिन् । यस्तै यदी कोहि कुनै पनि देश बाट या त कुनै अन्य राज्यबाट फर्किनु भएको छ र श्वासप्रश्वासका लक्षणहरू छन् बने स्वास्थ्य परिक्षण गर्न उपस्थित हुन समेत भनेकी छिन् ।
डा.चैन्टका अनुसार एनएसडब्लुमा पुष्टी भएका कोरोनाभाईरसका केसहरुमध्ये ३४ केस बिदेश यात्रा बाट आएकाहरु हुन् भने ३२ केस संक्रमितहरुको सम्पर्कबाट आए र अन्य २ केस भने अज्ञात स्रोतबाट आएका केस हुन् ।यसैबिच एनएसडब्ल्यू प्रिमियर ग्लेडिस बेरेजिक्लियनले भने कोरोनाभाईरसका कारण समुदायलाई डराउन पर्ने अबस्था नभएको दाबी गरेकी छिन् ।