एनएसडब्लुमा एक रातमै कोरोनाको ६ नयाँ संक्रमित पुष्टी

  SHYAM SUNDAR GIRI

११ मार्च,सिड्नी ।
अष्ट्रेलियाको एनएसडब्लु राज्यमा गए राती मात्रै कोरोनाभाईरस संक्रमितको ६ नयाँ केस पुष्टी एनएसडब्लु हेल्थले गरेको छ । एनएसडब्लु हेल्थले बुधबार बिहानै ६ नयाँ केसको बारे सार्बजनिक सुचना समेत जारी गरेको छ ।हेल्थका अनुसार नयाँ केसमा ५० बर्षकी महिला र ५० बर्षकै अर्का एक पुरुष जो अमेरिका बाट हालै ट्राभल गरेकी थिईन् । दोस्रोमा ६० बर्षका एक पुरुष जो केहि दिन अघि स्विजरल्याण्डबाट आएका थिए ।यस्तै कोरोनाको नयाँ केसमा ६० बर्षकी महिला जो ईटाली बाट अष्ट्रेलिया आएकी थिईन् । यस्तै एक ३० बर्षीय महिला उनमा समेत कोरोना पुष्टी भएको छ । जो केहि दिन अघि मृत्यु भएको डोरोथी हेंडरसन लज एज एज केयरका रेसिडेन्ट संग सम्बन्धित छ । अर्का एकको भने अनुसन्धान भैरहेको भन्दै बिबरण हेल्थले सार्बजनिक गरेको छैन ।

अहिले सम्म एनएसडब्लुमा कोरोनाभाईरसको संक्रमित संख्या ६१ पुगेको छ । अनुसन्धानका क्रममा १ हजार ८ बिरामी रहेका छन् । अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म दश हजार एक सय पैसट्ठीलाई कोरोनाको परिक्षण गरिएको छ । जसमध्ये नौ हजार छयान्ब्बेमा कोरोनाको संक्रमण नभएको दाबी गरिएको छ ।

( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोस् । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।