कोरोना संक्रमितलाई भेटे राष्ट्रपति सी जिन्पिङले

१० मार्च,सिड्नी ।
चीनको हुबे प्रान्तको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले यतिबेला विश्वभर त्रास फैलाएको छ । चीन सहित अन्य देशहरुमा गरी करिब चार हजार जनाले ज्यान गुमाईसकेका छन् भने एक लाख भन्दा बढी संक्रमित छन् ।देश देखि बिदेश सम्म कोरोनाभाईरस फैलिए संगै सकृय बनेका चीनका राष्ट्रपनि सी जिन्पिङले कोरोनाको उद्दगमस्थलको भ्रमण गरेका छन् । उनको वुहान शहरको भ्रमणलाई चीनका मिडियाहरुले चिनियाँहरूमा आत्मविश्वास भर्ने कदम भन्दा बढी अर्थले हेरिने बताईएको छ। यस्तै कोरोनाको जन्मस्थलमा राष्ट्रपति समेत जान सक्छन् भने अन्य सामान्य नागरिकले दिन चर्या सामन्य रुपमा जिउन सक्छन् भन्न खोजिएको समेत भान भएको छ ।

अदृष्य रुपमा यसको अर्थ चीनमा कोरोना नियन्त्रमा आईसक्यो भन्नु नै हो । यसै बिच सामाजिक संजाल फेसबुकमा कोरोना संक्रमित बिरामीका लागि बनाईएको क्वारेन्टाईन अस्पतालको फोटो समेत सार्बजनिक भएको छ । उक्त तस्विरमा पुरै खाली देखिएको छ । यस बाट पनि चीनमा कोरोना नियन्त्रणमा आएको पुष्टी हुन्छ ।चीनमा नियन्त्रण हुदै गरेको कोरोनाले भने विश्वका धेरै देशहरुमा सताईरहेको छ । सी जिन्पिङले हालै निर्माण गरिएको हुओशेशान क्वारन्टीनको वार्डमा बसेका बिरामीलाई भिडिओमार्फत भेटेका थिए।
Photo Copyright : XINHUA

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।