२७ फागुन,काठमाण्डौ । कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कतारमा चार लाखभन्दा धेरै नेपाली छन् । कतारले नेपाल बाट कतार जान रोके पछि नेपाल एयरलाईन्सले समेत दोहाको उडान रोक्न परेको हो ।
( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोस् । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)