बेलायतमा कोरोनाको हमला,३१९ संक्रमित ५ जनाको मृत्‍यु

१० मार्च बेलायत ।
चीनको हुवे प्रान्त स्थित वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशलाई हमला गरेको छ । कोरोनाले चीनमा मात्रै तीन हजार पाँच सय भन्दा बढिको ज्यान गईसकेको छ । भने,करिब ९५ हजार जना यसको संक्रमित छन् ।यसैबिच बलियो देश मध्येको बेलायतमा समेत कोरोनाले हमला गरेको छ । बेलायतमा कोरोनाबाट ३१९ जना संक्रमित भएको पुष्टी भएको छ । साथै ५ जनाको मृत्यु समेत भएको छ ।सोमबार लन्डन स्थित सेन्ट हेलिएर अस्पतालमा ७० बर्षिय एक ब्यक्तीको कोरोना भाईरसले मृत्‍यु भए संगै मृतकको संख्या ५ पुगेको हो । बेलायत को हेल्थ एन्ड सोसल केयेर ले दिएको जानकारी अनुशार करिब दुई हजार पाँच सय जना मा कोरोना भाईरस को परिक्षण गरिएको छ ।

( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोस् । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।