चीनले बनायो कोरोना बिरुद्दको खोप

एजेन्सी । कोरोनाविरुद्धको खोप विकास भएको चीनको दावी छ । कोरोनाविरुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने जानकारी दिएका छन् ।चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको यो आधिकारीक खबर हो । वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।

कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्, मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउन सकिने सम्भावना बढेको छ।

देशका वैज्ञानिकहरुले अहिले पाँचवटा विधिबाट कोरोनाविरुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीहरुले दाबी गरेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको छ। कोरोना निरोधक खोप विकास जुटिरहेका चिनियाँ वैज्ञानिकहरू ।

चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना संक्रमण फैलिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो। कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या एक लाख नाघेको छ। चीनसहित विश्वका ७० देशमा कोरोना संक्रमितहरु भेटिएका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।