कोरोनाभाईरस आंतक: अष्ट्रेलियामा मृतक संख्या ३ पुग्यो

८ मार्च,सिड्नी ।
चीन बाट सुरु भएको कोरनाभाईरसले विश्वभर आंतकित बनाएको छ । विश्वका शक्तिशाली देश अमेरिका र अष्ट्रेलियाले समेत कोरोनाभाईस नियन्त्रण गर्न सकिरहेका छैनन् । अमेरिका र अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दो छ ।यससंगै अष्ट्रेलियामा कोरोनाभाईरसकै संक्रमण बाट थप १ जनाको ज्यान गएको छ । सिड्नीको एक एजकेयरका ८० बर्षीय रेसिडेन्टको गए राती अस्पतालमा मृत्यु भएको हो र यसलाई आधिकारिक रुपमा एनएसडब्लु हेल्थले तेस्रो मृतकका रुपमा घोषणा गरेको छ ।

यसअघि मंगलबार राती निधन भएको (दोस्रो मृतक) ९५ बर्षीय बृदा र शनिबार राती निधन भएका (तेस्रो मृतक) एकै एज केयरका रेसिडेन्स्ट हुन् ।मकक्वेरी पार्क स्थित डोरोथी हेंडरसन लजका मृतक दुबैको केहि दिन अघि भाइरसको सकारात्मक परीक्षण गरिएको थियो ।

अष्ट्रेलियामा आठ महिनाको नाबालक देखि १५ बर्ष र २० बर्षका युबा हुदै बृद्द-बृद्दा करिब पाँच दर्जनको हाराहारीमा कोरोनाभाईरस बाट संक्रमित छन् ।

Photo :ABC

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।