चीनलाई अर्को धक्का क्वारेन्टाईन होटल ढल्यो,करिब १०० कोरोना पिडित भासिए

२५ फागुन,एजेन्सी ।
चीनको हुवाई प्रान्त स्थित वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले चीनमा मात्रै ३ हजार भन्दा बढीले ज्यान गुमाए । विश्वब्यापी रुपमा यसले आतंकित बनाएको छ ।यसैबिच चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उक्त होटललाई अस्थायी सेन्टरको रुपमा प्रयोग गरिँदै आएको थियो । यहाँ संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको थियो ।उक्त होटल ढल्दा करिब एक सय जना भग्नावशेषमा पुरिएको आंशाका गरिएको छ । उद्धारकर्मीले तीमध्ये ४७ जनालाई निकालेका छन् । केही मानिसको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भने भइसकेको छैन ।आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् ।चाइना डेलीका अनुसार घटना शनिबार बेलुका साढे ७ बजेको हो । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । राहत र उद्धारकर्मी घटनास्थलमा छन् । अहिलेसम्म ४७ जनालाई भग्नावशेषबाट निकाल्न सफल भएको डेलिमेलले लेखेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।