अष्ट्रेलियाको नेपाली बिध्यार्थीमा कोरोनाको संक्रमण,काम र युनि जादा अरुमा समेत सारेको आंशाका

८ मार्च सिड्नी ।
विश्वब्यापी रुपमा आंतक मच्चाईरहेको कोरोनाभाईरसले नेपाल नेपालीका लागि भने खासै असर गरेको थिएन । नेपालमा केहिमा कोरोनाको भाईसको आंशाका गरे पनि नेगेटिभ भेटिएको छ ।ठुलै संख्यामा नेपालीको बसोबास रहेको अष्ट्रेलियामा करिब ५ दर्जनमा कोरोनाभाईरसको संक्रमण भेटिए पनि नेपालीमा कोरोना भेटिएको थिएन ।आईतबार अष्ट्रेलियाको तास्मानिया बस्ने एक नेपाली बिध्यार्थीमा पहिलो पटक कोरोनाको संक्रमण पुष्टी भएको छ ।

कोरोनाभाईसको संक्रमण पुष्टी भएपछि पनि ति बिध्यार्थी काम र युनिभर्सिटी गईरको समेत खुल्नमा आएको छ । उनमा कोरोनाको संक्रमण पुष्टी भएपछि पनि क्वारेन्टाईनमा बस्न नमानेर काम र युनि गएकाले उनले स्वाभाविक रुपमा आफ्ना पारिवारिक सदस्य,साथीभाई युनि र कामका साथीहरुमा कोरोना सारेको हुनसक्ने प्रबल सम्भावाना रहेको आंशाका समेत गरिएको छ ।

२० बर्षीय नेपाली बिध्यार्थी उनी गत फ्रेब्रुअरी २६ मा सिंगापुर हुदै सिड्नी पछि तास्मानिया होबर्ट आएका थिए । रुघा र खोकी लागेपछि उनले शुक्रबार परीक्षणका लागि नमूना दिएका थिए । नमूना संकलन गरेपछि उनलाई सेल्फ क्वारेन्टाइनमा बसेर रिपोर्ट पर्खन भनिएको थियो तर उनले डाक्टरको सल्लाहलाई बेवास्ता गर्दै होबार्टको ग्राण्ड चान्सलर होटलमा काम गरिरहेका थिए । शनिबार अबेर राती आएको रिपोर्टमा उनीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य विभागले होटलमा ती नेपाली अन्य कुनै सहकर्मीसँग नजिकको सम्पर्कमा रहेको र उनीबाट अरु कसैमा संक्रमण सरेको हुन सक्ने आशंकामा होटलका कर्मचारीको परीक्षण र आइसोलेसनमा राख्नको लागि काम गरिरहेको छ । ती नेपालीले गत हप्ता होटलमा एउटा मात्र शिफ्ट नभइ धेरै शिफ्टमा काम गरेको र अस्ट्रेलियन आइडियल कजेजमा रेगुलर क्लास समेत जोईन गरेको खुलेको छ ।

‘कोरोनाभाइरस परीक्षणको रिपोर्ट पर्खिरहेका बेला सार्वजनिक क्रियाकलापलाई निरन्तरता दिनु वा काम गर्न जानु अस्वीकार्य हुन्छ’ त्यहाँका जनस्वास्थ्य निर्देशक डा. मार्क भिचले भने । ती नेपाली अहिले होबार्टको रोयल होबार्ट अस्पतालमा सन्तोषजनक अवस्थामा आइसोलेसनमा भएको स्वास्थ्य विभागले जनाएको छ । उनी तस्मानियामा दोस्रो संक्रमित हुन् । यसअघि ४० वर्षका एक व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।

अष्ट्रेलियामा कोरोनाभाईरसकै कारण २ जनाको ज्यान गएको छ भने करिब पाँच दर्जनमा यसको संक्रमण पाईएको छ ।

File Photo*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।