साउदी राजपरिवारका सदस्य थुनामा

२५ फागुन,काठमाण्डौ ।
गल्फ कन्ट्रीमध्ये कानुनमा शसक्त मानिएको साउदी अरबका राजाको पावर शक्तिशाली छ । यही राजाका बरिष्ट तीन सदस्यहरु अहिले थुनामा रहेका छन् ।राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन् ।गिरफ्तार गरिएका पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्। पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ । सन् २०१७ मा युवराजले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौँ व्यक्तित्वहरू र व्यवसायीहरू राजधानी रियाद स्थित रिज कार्लटन होटेलमा सीमित पारिएका थिए ।

मोहम्मद बिन सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेपछि उनी नै खासमा देशका शासक रहँदै आएको मानिन्छ । गिरफ्तारी शुक्रवार बिहानै गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् । मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए। शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खान तलाशी गरेका द वाल स्ट्रीट जर्नलले लेखेको छ ।

photo:Google / ifpnews

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।