सिड्नीको पब्लिक स्कुलको बिध्यार्थीमा कोरोना संक्रमण

५ मार्च सिड्नी ।
कोरोनाभाईरसले अष्ट्रेलियामा आतंक मच्चाएको छ । केहि एक महिना चाईनिज लगायत अष्ट्रेलिया बाहेकका स्थायीबासी र नागरिक बाहेकलाई अष्ट्रेलिया प्रबेशमा रोकेको अष्ट्रेलियाको सो बन्देज फुकुवा गरेपछि अष्ट्रेलियामा कोरोनाभाईरसको संक्रमण बढ्न थालेको छ ।अष्ट्रेलियामा गत आईतबार पर्थमा पहिलो कोरोना संक्रमितको मृत्यु पछि एक ९५ बर्षिय एजकेयर बस्ने रेसिडेन्टको समेत मृत्यु भईसेकेको छ । मंगलबार एकै दिन एनएसडब्लुमा ६ जनामा कोरोनाको संक्रमण देखिएको संगै अष्ट्रेलियामा कोरोनाभाईरस संक्रमितको संख्या ४१ पुगेको छ ।

निकै संबेदनशिल मानिएको स्कुलमा समेत कोरोनाले आक्रमण गरेको छ । सिड्नीकै उत्तरपश्चिममा पर्ने ईपिङ सर्बअबमा एक १६ बर्षिय बिध्यार्थीमा समेत कोरोनाको संक्रमण भेटिएको पुष्टी भएको सेभेनन्युज सिड्नीले दाबी गरेको छ ।

कोरोना संक्रमित बिध्यार्थी ईपिङको बोईज हाईस्कुलमा अध्ययनरत छन् । सो पछि शुक्रबार स्कुल बन्द हुने पनि सेभेनन्युजले लेखेको छ । ती बिध्यार्थीमा कोरोना कसरी सर्यो र उनको कारण अरुमा सरेको छ या छैन भन्ने बिषयमा थप जानकारी प्राप्त भने भएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।