डेलिमेलले खोल्यो रहस्य,कोरोनाले अष्ट्रेलियामा एक लाखको मृत्यु हुनसक्ने

३ मार्च,सिड्नी ।
कोरोनाले अष्ट्रेलियामा ठुलो आंतक मच्चाएको छ । अष्ट्रेलियाभर यसको संक्रमण ४१ जनामा देखीएको छ । एनएसडब्लुमा १५,भिक्टोरियामा १०,गोल्ड कोस्ट १०,एडिलेड ३,पर्थ २ (१ मृत्यु),लोनसेसनमा १ गरी कुल ४१ जनामा कोरोनाभाईरसको संक्रमित भेटिएका हुन् । उनीहरुको अहिले उपचार भैईरहेको छ ।डेलिमेलले बुधबार बिहान प्रकाशन गरेको एक समचारमा कोरोनाभाईरसले अष्ट्रेलियामा एक सय हजार (१ लाख) अष्ट्रेलियाबासीको मृत्यु हुन सक्ने दाबी गरेको छ । पूर्व रिजर्व बैंक अफ अस्ट्रेलिया बोर्डका सदस्य वारविक म्याकबिबिनले विश्वव्यापी महामारीले अष्ट्रेलियाका ९६ हजार मानिसहरु सहित विश्वभरका ६८ मिलियन मानिसहरु सफाई गर्न सक्ने बताएका छन्। यस्तै हल्का तरिकाकै महामारीले पनि २१,००० अष्ट्रेलियाली र १ मिलियन विश्वव्यापी मार्न सक्छ, उनले भने ।कोरोनाकै कारण सिड्नीका अधिकांस वुलवर्थ र अल्दिमा ट्वाईलेट पेपर सर्टेज भएका छन् । यस्तै वुलवर्थले अहिले हरेक ग्राहकलाई सिमित ट्वाईलेट पेपर किन्न मिल्ने व्यबस्था गर्ने भएको छ ।चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ५६ भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैईलिएको छ । यसैबिच अमेरिकामा ७ जनाको ज्यान गईसकेको छ । भने,अष्ट्रेलियाको पर्थमा १ जनाको मृत्यु भएको छ । अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । ९ जनाको भने सफल उपचार गरिएको छ ।

न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । ३५ बर्ष काटेकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । उनमा ईरान भ्रमणको क्रममा संक्रमण भएको जनाईएको छ । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ ।कोरोनाभाईरस अहिलेसम्म विश्वभर ९० हजार ३ सय २ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ । संक्रमित ४५ हजार ७ सय ५ को सफल उपचार गरिएको छ ।दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने संक्रमितको संख्या ४३३५ पुगेको छ । इटलीमा ५५ जनाको ज्यान गएको छ भने इरानमा ६६ जनाको ज्यान गएको छ । इटलीमा २०३६ जनामा संक्रमण पुष्टी भएको छ भने इरानमा संक्रमितको संख्या १५०१ पुगेको छ ।जापानमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २७४ मा संक्रमण भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७ जनाको मृत्यु भइसकेको छ भने ३६ जनाको अवस्था गम्भिर रहेको छ । त्यहाँ ७०५ मा संक्रमण पुष्टी भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।