अमेरिकामा कोरोनाभाईरसबाट एकको मृत्यु

१ मार्च सिड्नी ।
अमेरिकाको वासिङटनमा कोरोनाभाईरसले एकको मृत्यु भएको त्यहाँका राज्य स्वास्थ्य विभागका प्रवक्ता जेमी निक्सनले जानकारी गराएका छन् । यस बिषयमा थप जानकारी प्राप्त भएको छैन ।चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले चीनमा करिब तीन हजारले ज्यान गुमाईसकेका छन् । भने, ९० हजारको हाराहारीमा संक्रमित छन् । केहि दिन देखी कोरोनाभाईरसले साउथ कोरिया उच्च जोखिममा छ । चीन पछि साउथ कोरिया कोरोनाभाईरसको दोस्रो उच्च जोखिममा रहेको देश भएको छ ।दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, साउथ कोरियामा यो समचार तयार गर्दा सम्म करिब तीन हजार जनामा संक्रमण फेला परेको छ । साउथ कोरियामा अचानक कोरोनाको संक्रमण फेला परेको हो ।

यस्तै विश्व स्वास्थ्य संगठनको बिहिबार बसेको बैठकले नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको दाबी गरेको छ । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको देशमा राखेको थियो । संगठनले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । नेपालमा हालसम्म एक जनालाई मात्रै कोरोना भाईरस देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ । इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।चीनबाहेक अमेरिका,अष्ट्रेलिया, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।