देखियो मोदी र ट्रम्पको निकटतता !

काठमाण्डौ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गज्जबको निकटतता देखिएको छ ।यी दुई नेताबीच पाँच महिनाअघि ‘हाउडी मोदी’ कार्यक्रममा भेट भएको थियो र यस पटक अहमदाबादको मोटेरा स्टेडियमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भेट भयो ।ट्रम्प चढेको विमान सोमबार बिहान ११ बजेर ३६ मिनेट जाँदा अहमदाबाद एअरपोर्टमा अवतरण भएको थियो । ट्रम्पको स्वागत गर्न स्वयं मोदी बिमानस्थल पुगेका थिए ।

ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प तीन घण्टा अहमदाबादमा रहदै गर्दा मोदी र ट्रम्पले सात पटक अङ्कमाल गरे र नौ पटक हात मिलाएका थिए ।नमस्ते ट्रम्पमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्दा दोब्बर लामो समय सम्म ट्रम्पले सम्बोधन गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।