प्रचण्ड र ओली बिच चर्काचर्की

काठमाडौँ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी ७० करोड कमिसन विवादमा तानिएपछि तत्कालिन सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले मन्त्री बाट राजिनामा दिए ।बाँस्कोटा कमिसनको अडियो टेप बाहिरिए देखी नै चौतर्फि रुपमा आलोचित भईरहेका छन् । उनले राजिनामा दिएर मात्र समस्याको समाधान नहुने उनलाई अनुसन्धान गरी कारबाहि अगाडी बढाउनुपर्नेमा प्रतिपक्ष दल नेपाली कांग्रेसको चर्को माग छ ।

नेपाली कांग्रेसले अडियो टेप सार्बजनिक भएको केहि घण्टामा नै पत्रकार सम्लेन गरी सो कमिसनको खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत भुमिका हुन सक्ने भन्दै नेकाका नेताहरुले ओलीलाई समेत शंकाको घेरामा राखेका छन् । सोहि दिन नेपाली कांग्रेसले संसद अबरुद्द समेत गरेको थियो ।

अहिले यो घटनाले उग्र रुप लिदैछ । आम सर्बसाधाराण देखी केहि नेताहरुले समेत बाँस्कोटालाई अनुसन्धान गरी कारबाहि हुने पर्ने भन्दै आईरहेका छन् । तर,प्रधानमन्त्री ओलीले भने उनलाई कुनै पनि अनुसन्धान नगर्न सम्बन्धित निकायलाई दबाब दिईरहेको खबर सार्बजनिक भएका छन् ।

यसैबिच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच मत बाझिनुका साथै दुई अध्यक्ष बिच चर्काचर्की समेत भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बाँस्कोटाबारे धेरै प्रश्न आएकाले यसलाई पार्टीमा छलफलको विषय बनाएर छानबिन गर्नुपर्ने बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।