अडियो प्रकरणपछि सुचनामन्त्री बाँस्कोटाद्वारा राजीनामा

काठमाडौं ।
सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुस मागेको बिषयको टेलिफोन अडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिएका छन् ।

फाईल फोटो:सुचना तथा संचारमनत्री गोकुल प्रसाद बाँस्कोटा ।

सार्बजनिक अडियोमा बाँसकोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्विस कम्पनीका नेपाल प्रतिनिधि संग ७० करोडको घुसको बिषयमा छलफल गरेको सुन्न सकिन्छ । उनले आम निजामति कर्मचारी माथि नै अपशब्द बोलेका छन् ।

अडियो सार्बजनिक पछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा पत्र बुझाएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।