सानेपाबाट बाँस्कोटालाई कांग्रेसको दनक !

काठमाडौं
सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुसका बिषयमा गरेको टेलिफोन अडियो सार्बजनिक लगत्तै नेपाली कांग्रेसले प्रेस रिलिज निकालेको छ ।नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले प्रेस रिलिज पछि बिहिबारै पत्रकार सम्मेलन समेत गरेका छन् ।
नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर बाँस्कोटाको राजिनामा माग गरेको हो।

पत्रकार सम्मेलनमा बाँस्कोटाको राजिनामासँगै सेक्युरिटी प्रेस खरिद प्रक्रियाका नेपथ्यमा को–को संलग्न छन्, सबैलाई छानविन गर्नुपर्ने बताए। उनले सार्वजनिक भएको अडियोमा मन्त्रीले कर्मचारीलाई अपश्व्द बोलेको भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने गरेको भन्दै शर्माले प्रश्न गरे, ‘अनुहार नहेरेपनि सुन्न त सुन्नुहुन्छ होला नी ! प्रधानमन्त्रीले संचारमन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’

अबको केहि समयमा सरकारको नियमित पत्रकार भेटघाट कार्यक्रम हुदैछ । सम्भवत बाँस्कोटाले आजै राजीनामा दिनेछन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।