एजेन्सी । चीनमा अहिले कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ । अहिले एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् ।
सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए ।
चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए ।
यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’
भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् ।
ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ ।सोसल मिडियामा उक्त भिडियो भाइरल भएपछि हज्जारौं कमेन्ट आइरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले चीनमा यसकारण पनि कोरोना भाइरस फैलिएको बताएका छन् ।