टोकियो ।
जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पानी जहाजमा भेटिएका २ सय ८५ र अन्य स्थानमा भेटिएका समेत गरी जापानभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३ सय २६ पुगेको छ । हालसम्म जापानभित्र एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने चीनमा समेत एक जापानीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा १६ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा कोरानाको संक्रमितको संख्या १५ पुगेको छ ।भने अष्ट्रेलियन सरकारले चीन बाट पर्यटक प्रबेश रोक्का बन्देज यहि शनिबार सक्किदैछ ।