अष्ट्रेलियामा अझै कोरोनाको त्रास,यात्रा प्रतिबन्ध लम्बियो

सिड्नी ।
चीनको वुहान शहर बाट फैलिएको खतरनाक कोरोनाभाईरसले चीनमा अहिले सम्म करिब एक हजार चार सयको ज्यान गएको छ । उक्त भाईरसबाट करिब पैसठ्ठी हजार जनता संक्रमित छन् ।
चीनमा ठुलो संख्यामा कोरोनाभाइरसको संक्रमण रहे पनि यसको प्रत्यक्ष असर विश्वभर परेको छ । अमेरिका,अष्ट्रेलिया,युके सहित विश्वका बलिया देशहरुमा समेत यसको त्रास कायमै नै छ ।
अष्ट्रेलिया सहितका केहि देशहरुले चिनिया नागरिकहरुलाई अहिले भिषा आबेदनमा समेत रोक्का गरेको छ । अध्यागम बिभागले अर्को सुचना जारी नहुदा सम्मका लागि अस्थायी रुपमा भिषा आबेदन रोकेको जनाएका छन् ।

यसै बिच चिनको बिमान स्थल बाट अष्ट्रेलिया प्रबेशमा रोक्का गरेको दुई साता पछि पुन:अष्ट्रेलियन सरकारले थप एक सातालाई यात्रामा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियासँगै करिब ५८ वटा देशले चीनसँगका आवागमनमा प्रतिबन्ध लगाएका छन्।

सङ्घीय सरकारको राष्ट्रिय सुरक्षा समितिको बिहीबार बसेको बैठकले स्वास्थ्य अधिकारीहरूबाट गराइको जानकारीका आधारमा यस अघि गरिएको १४ दिने यात्रा प्रतिबन्ध एक हप्ता थपेको हो। कोरोना भाइरसको संक्रमणलाई लिएर यसअघि घोषणा गरिएको यात्रा प्रतिबन्ध शनिबार सकिदैँछ ।

नयाँ प्रतिबन्ध फेब्रुअरी २२ सम्म रहने छ । सरकारले आफ्ना नागरिकहरुलाई चीनको भ्रमण नगर्न समेर आग्रह गरेको छ । तर,अष्ट्रेलियन नागरिक,स्थायीबासी र उनका परिवारले यो समयमा पनि चीन बाट अष्ट्रेलिया प्रबेश गर्न पाउनेछन् । उनीहरुको बिमानस्थलमा कडाईका साथ स्वास्थ्य परिक्षण हुने गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले कोरोनाभाइरसलाई लिएर लगाइएको प्रतिबन्धलाई प्रत्येक हप्ता विश्लेषण गरिने तथा सबैखाले स्वास्थ्य सम्बन्धी प्रमाणको आधारमा थप निर्णय लिने बताएका छन् ।

हालसम्म अस्ट्रेलियामा १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको तथा त्यसमध्ये ५ जनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।