कोरिनाभाईरसको असर : अष्ट्रेलियामा पर्यटक प्रबेशमा बन्देज

सिड्नी ।
चीन बाट सुरुबात भएको कोरोनाभाईरसकै कारण चिनिया बिमानस्थल बाट अष्ट्रेलिया प्रबेश गर्ने पर्यटकहरुका लागि थप कडाई गरिएको छ । भाईरस चीन बाट नै बिभिन्न देशमा पुगेका कारण बिशेष कडाई गरिएको हो । अबको दुई साता चीनको कुनै पनि बिमानस्थल प्रयोग गरेर अष्ट्रेलिया प्रबेश गर्न खोजेमा भिषा रद्द गर्नुका साथै दुई साता सम्म बिशेष स्वास्थ्य परिक्षणमा बस्नुपर्नेछ । तर अष्ट्रेलियाका नागरिक र स्थायी बसोबास प्राप्त ब्यक्ति,तिनका परिवार र बिमानका कर्मचारी भने आउन पाउनेछन् ।

यसै बिच यो समय चीनको भ्रमण नगर्न पनि अष्ट्रेलियन सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री स्कट मोरिसन सहित स्वास्थ्यमन्त्री,गृहमन्त्री लगायतले सामुहिक मिडिया रिलिज सार्बजनिक गरेर फेब्रुअरी १ देखि नै सो नियम लागु गरेको हो ।साथै अष्ट्रेलियाका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाईरसको परीक्षण गरिने तयारी सरकारले गरेको छ । भने क्वान्टास एयरलाईन्सले यहि फ्रेब्रुअरी ९ देखि चिनको सबै फ्लाईट अनिश्तिकालका लागि पुर्ण रुपमा रोकेको छ ।कोरोना भाईरसले अहिले सम्म चिनमा करिब २६० जनाको ज्यान गएको छ । भने,अष्ट्रेलियामा सिड्नीमा ३,मेल्बर्नमा २ र क्विसल्याण्डमा १ गरी ६ जनामा कोरोनाभाईरसको संक्रमण देखिएको छ । उनीहरुको अहिले उपचार भईरहेको छ । भने,भाईरस संक्रमण भएका ब्यक्तीहरु संगै उडान भरेका अन्य यात्रुहरुलाई समेत सम्पर्क गरी स्वास्थ्य अबस्थामा सरकारले जाकरुकता देखाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।