अष्ट्रेलियाले उत्पादन गर्‍याे काेराेना भाइरसका बिरुद्द कोरोना भाईरस !

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस उत्पान गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भाइरस बनाएकाे वैज्ञानिकहरुले जनाएका छन् ।वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएकाे सञ्चारमाध्यमले बताएका छन् । यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइरस बनाएका थिए । तर चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई भाइरस नै उपलब्ध नगराएर भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएको थियो ।

चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ । अस्ट्रेलियाले याे खाेजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी गरेको छ । यो भाइरसको सहयोगले काेरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

कुनै पनि रोगको उपचारका लागि वैज्ञानिकहरुले त्यही रोगको भाइरस उत्पादन गरी औषधि तथा उपचारको विधि तयार गर्ने गर्छन् ।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म एक सय ३२ जनाकाे ज्यान गैसकेको छ भने झण्डै ६ हजार भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भैसेको छ । चीन बाहिर पनि विभिन्न १६ वटा देशमा गरी कम्तीमा ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यसबैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन ‘दुष्ट भाइरस’ सँग लडिरहेको भन्दै लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोमसँगकाे भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको जानकारी गराएका छन् ।

गत जनवरीमा पहिलो पटक मेल्बर्नमा फेला परेको कोरोनाभाईरसले सिड्नीमा चार र मेल्बर्नमा दुई गरी ६ जनामा भाईरसको संक्रमण देखिएको छ । बिरामी सबैको अहिले बिशेष रुपमा उपचार भैईरहेको छ । भने,अष्ट्रेलियाका बिमान स्थलमा बिशेष सतर्कता अपनाईएको छ । यस्तै बिध्यालयहरुमा पछिल्लो समय चीन भ्रमण बाट आएका बिध्यार्थीहरुका लागि दुई साता सम्म बिध्यालय आउन रोक लगाएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।