सिड्नी ।
करिब दुई साता अघि देखी चीनको हुवान शहर बाट शुरु भएको प्राणघातक नयाँ रोग ‘कोरोनाभाईरस’को संक्रमण यतिबेला विश्वका करिब दुई दर्जन जति मुलुकमा फैईलिसकेको छ ।चीनमा अहिले सम्म एक सय पचास भन्दा बढीको मृत्यु हुनुको साथै पाँच हजार बढी प्रभावीत भएका छन् । भाईरस दिन प्रतिदिन फैईलिरहेको छ । अष्ट्रेलियामा जनवरी १९ तारीखका दिन पहिलो पटक मेल्बर्नमा चीनको हुवेन प्रान्त स्थित वुहान शहर बाट आएका एक युबा बाट फेला परेको थियो । हालै मेल्बर्नमा अर्का एक जनामा पनि सो भाईरस भेटिएको पुष्टी भएको छ । यि दुबै जना वुहान बाट मेल्बर्न आएका थिए ।
चीन बाट भाईरस अष्ट्रेलिया भित्रिएपछि अहिले सरकारले बिमान स्थलमा बिशेष सतर्कता समेत अपनाएको छ । अहिले सिड्नीमा कोरोना भाईरस संक्रमणका बिरामी ४ पुगेको छ ।
अष्ट्रेलियामा बुधबार देखी बिध्यालयको नयाँ शैक्षिक शत्र सुरु भएको छ । बिध्यालय सुरु भए संगै बच्चाहरुला भाईरस सर्न सक्ने सम्भावना कारण अभिभाबकहरु चिन्तित बनेका छन् ।
यसै बिच सरकारी तथा निजि बिध्यालयहरुमा समेत सतर्कता अपनाउदै पछिल्लो समय चीन भ्रमण गरेर आउने बिध्यार्थीहरुलाई दुई साता सम्म बिध्यालय नआउन आग्रह गरेको छ ।