काठमाडौं ।
नेपाल प्रहरी र संगठन माथि नै धावा बोलेकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरी अनुसन्धान सुरु गरे पनि मंगलबार उनी धरौटिमा रिहा भएकी छिन् ।
गायिका राउतलाई हिरासतमा लिए संगै केहि मात्रमा जिल्ला प्रशासन कार्यालयको गलत निर्णय भएको प्रतिकृया आएका थिए । नेकपा सम्बद्द केही नेताहरुले समेत आस्थालाई हिरासतमा लिईनु गलत रहेको भन्दै उनलाई हिरासत मुक्त गर्न दबाब दिएका थिए ।
सोमबार हिरासत बसै लगत्तै राउतले आफुलाई सन्चो नभएको दाबी गरेपछि उनलाई प्रहरीले अस्पताल भर्ना गरेको थियो । उनलाई मंगलबार दिउँसो चार हजार धरौटीमा रिहा गरेको हो । उनी अब फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु पर्नेछ ।
सोमबार जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा राउतलाई प्रहरीले पक्राउ गरेको हो ।








