चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं ।
नेपाल प्रहरी र संगठन माथि नै धावा बोलेकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरी अनुसन्धान सुरु गरे पनि मंगलबार उनी धरौटिमा रिहा भएकी छिन् ।गायिका राउतलाई हिरासतमा लिए संगै केहि मात्रमा जिल्ला प्रशासन कार्यालयको गलत निर्णय भएको प्रतिकृया आएका थिए । नेकपा सम्बद्द केही नेताहरुले समेत आस्थालाई हिरासतमा लिईनु गलत रहेको भन्दै उनलाई हिरासत मुक्त गर्न दबाब दिएका थिए ।

सोमबार हिरासत बसै लगत्तै राउतले आफुलाई सन्चो नभएको दाबी गरेपछि उनलाई प्रहरीले अस्पताल भर्ना गरेको थियो । उनलाई मंगलबार दिउँसो चार हजार धरौटीमा रिहा गरेको हो । उनी अब फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु पर्नेछ ।
सोमबार जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।