प्रहरी हिरासतमा गायिका आस्था राउत,४ दिन म्याद थप

काठमाण्डौ ।
नेपाल प्रहरी र संगठन माथि नै धावा बोलेकी गायिका आस्था राउतलाई सोमबार बिहान नेपाल प्रहरीले त्रिभुवन बिमानस्थल बाट पक्राउ गरी अनुसन्धान सुर गरेको छ ।राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको हो ।

जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।