सिड्नी ।
चिन बाट सुरु भएको कोरोनाभाईरस अमेरिका सहित केहि देशमा फेला परेको छ । यसै साता मात्र नेपालमा समेत कोरोनाभाईरसका बिरामी भेटिएका थिए । उनको अहिले उपचार भईरहेको छ ।कोरोनाभाईरसले चिनमा ठुलो रुप लिदैछ । अहिले चिनमा कोरोनाभाईरसका बिरामीको उपचारका लागि छुट्टै बिशेष अस्पतालको निर्माण समेत थालिएको छ । भने सो अस्पताल चाडै नै संचालनमा ल्याउने तयारीमा सरकार छ ।
यसै क्रममा पहिलो पटक अष्ट्रेलियामा समेत सो भाईरस फेला परेको पुष्टी भएको छ । भाईरस चिन बाटै आएको समेत खुल्न आएको छ ।
चीनको वुहान बाट एक यात्रु जनवरी १९ मा मेल्बर्न आईपुगेका थिए । उनी कोरोनाभाईरसले ग्रस्त रहेको शनिबार मात्र खुल्न आएको हो । उनको अहिले अलग्गै राखेर उपचार गरिएको छ । सो यात्रु संग यात्रा गरेका उक्त फ्लाईटका सबै यात्रुहरुको अहिले बिबरण निकाल्ने काम भैईरहेको छ । साथै यात्रुहरुलाई सम्पर्क गरी स्वास्थ्य परिक्षणको काम सुरु गरिसकेका छन् ।
कोरोनाभाईरसका बिरामी र यो भाईरसको केस भिक्टोरियामा मुख्य चिकित्सा अधिकारी प्रोफेसर ब्रेन्डन मर्फीले हेरेका छन् । भाईरस प्रमाणित भए लगत्तै चिनको कुनै पनि बिमानस्थल बाट अष्ट्रेलिया आउने यात्रुहरुको स्वास्थ्य परिक्षणमा समेत नयाँ योजना बनाउने तयारी गर्ने भएको छ ।
अष्ट्रेलियन सरकारले अहिले आफ्ना नागरिकहरुलाई अष्ट्रेलियालीहरुलाई चीनको वुहान वा हुबेई प्रान्तमा यात्रा नगर्न कडा समेत आग्रह गरेको छ ।कोरोनाभाईरस भेटिए पछि प्रधानमन्त्री स्कट मोरिसनले समेत सचेत रहन सार्बजनिक रुपमै अपिल समेत गरेका छन् ।