स्कुलबाट निकालिएका नेपाली युवा एप्पलमा इञ्जिनियर

सिड्नी ।
करिब १५ वर्षअघि एक हजार पाँच सय रुपैया तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनी अहिले अमेरिकामा एप्पल कम्पनीका सफ्टवेयर ऐन्जिनियरका रुपमा कार्यरत छन् ।
स्कुल पछि आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे।
बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलमा अध्ययनरत विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाए।
‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन।

स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ २७ वर्षीय क्षितिजले सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’ उनले स्मरण गरे ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।