आस्था राउतलाई अमेरिका बाट खुल्ला पत्र,कडा कारबाही हुनुपर्छ – सन्तोष श्रेष्ठ

सामाजिक संजालमा गायिका आस्था राउतले पोस्ट गरेको क़रीब आठ मिनेट लामो भीड़ियो हेरें।आफ़नो व्यक्तिगत कामको लागी काठमाण्डूबाट भद्रपूर जाने सिलसिलामा काठमाण्डू एर्पोर्टमा महिला प्रहरीद्वारा चेक जाच गरने क्रममा आफुमाथि दुर्व्यवहार गरेको भनि अक्रोशपूर्ण भिड़ीयो हेरे। हो ! वास्तवमा नेपाल प्रहरी राज्यको क़ानून कार्यान्वयन गरौने प्रमुख सुरक्षा निकाय हो। उसले क़ानूनले तोके बमोज़िम आफ़नो काम कर्तव्य गरिरहेको हुन्छ र गर्दै आइरहेको पनि छ।बिमानस्थलको सुरक्षा स्थितिलाई मध्य नज़र राख्दै चाहे उच्च ओहोदाको होस, चाहे कलाकर चाहे सर्वसाधारण होस, नियमित चेक जाँच कार्य गरिरहेको हुन्छ।

आस्था राउत आख़िर को हुन ? के उनलाई बिमानस्थलमा खटियएको प्रहरीले गर्नु नहुने ? के ऊनी राज्य संयन्त्र भन्दा माथि हुन ? के उनले नेपालको नियम क़ानून मान्नु पर्दैन ? के उनले सिंगो राज्य संयन्त्र र सुरक्षा निकायलाई चुनौती दिन मिलछ ? महिला प्रहरीले दुर्व्यवहार गरीन रे, यदि दुर्व्यवहार गरेको भय क़ानूनी उपचार खोजने, सम्बंधित निकायमा उज़ुर गर्नुको साटो समग्र सुरक्षा निकायलाई गाली गलौज गर्नु पाईन्छ ? यदि कुनै क़ुकुरले मान्छेलाई टोक्यो भने औषधि उपचार तीर लगने की क़ुकुरलाई टोकने आस्था राऊत जी ?

उनले आफुलाई देशकै नम्बर वान सेलिब्रिटी जस्तै VIP treatment गर्दियोस भनेर मेरो हातमा कफ़ी छ, मलाई हतार छ आफै छामेर चेक जाच गरनू भनेर पैसा र घमण्ड देखौने मिलछ ? यथार्थ यो हो की प्रहरी ले यथार्थ रुपम आफ़नो कर्तव्य निर्वाह गर्नु पाऊनु पर्दछ। दुई चार वटा गीत गायर आफुलाई राज्य संयन्त्रभन्दा ठुलो देखने , सुरक्षा निकायलाई क़ुहेको र सम्पूर्ण सदस्य लाई क़ुहेको किरा देख्ने आस्था राउतको सोच र मानसिकता देख्दा उनको दिमाग़मा किरा जमेको आभाश हुन्छ।

प्रहरी संगठनको आधारशिलाको रुपमा ठुलो संख्यामा रहेका तल्लो दर्जाका सिपाही हवलदार लाई पयूसो, पीपा, पयूसी, डंठे, बन्दुके जस्ता अपमानित शब्द प्रयोग गरी सामाजिक संजालमा अपमान गरने दुस्साहस कहा बाट आयो आस्था राउत जी? आज तिनै डंठे , बन्दुके , पयूसो पयूसी ले सुरक्षा डिंछन र छोटा छोटा कपड़ा लगायर रातों घाग़र भन्ने गीत गाकी छु भन्ने हेक्का राख़्नु पर्दैन?

व्यक्तिगत कमी कमजोरी होलन, ठुलो सांख्य को संगठन दुई चार वटा नरम्रा प्रहरी पनी होलन, तर समग्र संगठनमाथि तथानाम गाली बेज्जती गर्नु त्यो पनि एऊटा राष्ट्रीय स्तरको कलाकारले क़तिको शोभनिय र बुद्धिमत्ता मानिनछ ? यसरी अक्रोशपूर्ण हिसाबले सामाजिक संजालमा तमाम सुरक्षाकर्मी र सुरक्षा निकायप्रति प्रहार गर्दा संगठनमा कार्यरत सम्पूर्ण सदस्यहरू( बिशेष गरी तल्लो दर्जाका सिपाही हवलदार) मनोबल गिरने, आत्मासम्मानमा चोट पुग्ने, संगठनप्रति नकारात्मक भ्रम फैलाउने, र समग्र राज्य संयंत्रलाई चुनौती दिने कार्य गरेको हुदा सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल उच्च राख्न बेलैमा निज आस्था राऊत लाई अबिलमब पक्राऊ गरी प्रचलित नियम क़ानून अनुसार कड़ाभन्दा कड़ा कार्बाहिकोको लागी माग गर्दछु।

(सन्तोष श्रेष्ठ नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृत हुन् । उनि लामो समयदेखी अमेरिकामा बस्दै आएका छन् । )

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।