काठमाण्डौ ।
गायिका आस्था राउत पछिल्लो समय ठुलै बिबादमा परेकी छिन् । बिबादमा आईरहनु राउतका लागि नौलो भने होईन । समय समयमा अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी उनी फेरी एक पटक भने सिंगो प्रहरी संगठनलाई गाली गलौज गरेपछि प्रहरीको फन्दामा पर्ने भएकी छिन् ।
राउतले केहि दिन अघि आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यसैबिच प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरि राउतलाई पक्राउ गर्न पुर्जी काटिसकेको खुलेको छ । प्रहरीले पुर्जी गरेको देखी नै राउत फरार रहेको समचार बाहिर आएका छन् । उनको खोजी गर्न प्रहरी परिचालन समेत गरिएको छ ।
सुरक्षा चेक जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा महानगरीय परिसर काठमाडौँले आइतबार मुद्दा दर्ता गरी पक्राउ पुर्जी काटेको हो । प्रहरीलाई अभद्र व्यवहार गरेको विरुद्धमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजाय दिइन सक्ने व्यवस्था छ ।
झापाको भद्रपुर जाने बेला त्रिभुवन विमानस्थलमा चेक जाँचका क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले बुधवार नै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उनको भिडियो सार्वजनिक भए सँगै बढेको आलोचनाका कारण उनले सार्वजनिक रूपमा माफी माग्दै भिडियो डिलिट गरिसकेकी छिन् ।
भिडियो हेर्नुहोस् :
यो पनि पढ्नुहोस्:








