काठमाण्डौ,
एयरपोर्टमा प्रहरीले दुर्व्यबहार गरेको भन्दै गायिका आस्था राउतले बिहिबार फेसबुक मार्फत् लाईभमा समग्र प्रहरी संगठनै बदनाम हुने किसिमले गाली गलौज गरेपछि उनी यतिबेला सर्बाधिक आलोचित बनेकी छिन् ।
उता राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छिन् ।
विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । स्रोतका अनुसार अहिले प्रहरीले राउतलाई अभद्र ब्यबहारमा मुद्दा दायर गर्ने तयारीमा छ ।
श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । भने गायिका राउतले पनि आफुलाई प्रहरीले दुर्व्यबहार गरेको दाबी गर्दै आएकी छिन् । यसै क्रममा बिमानस्थलको भिडियो समेत सार्बजनिक भएको छ । उक्त भिडियोमा गायिका राउतकै कमजोरी प्रस्ट संग देखिन्छ । सुरक्षाका दृष्टिकोणले बिमानस्थलको नियममा जोकोहीले पनि नियम पालना गर्नुपर्नेहुन्छ ।
सिसि टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका लागि ज्याकेट उतारेर डिटेक्टर उपकरणमा राख्न भनेको स्पष्ट देखिन्छ । ज्याकेटै नउतारी फटाफट अघि बढन खोजेकी उनलाई प्रहरीले ज्याकेट खोल्न आग्रह गरेको देखिन्छ ।
भिडियोमा आस्थाले ज्याकेट खोल्न आनाकानी गरेको, दरिलै आदेश दिएपछि बल्ल उनले ज्याकेट खोलेको स्पष्टै छ । ज्याकेट लिएपछि हतारिदै सुरक्षा जाँच स्थलमै कफीको गिलास छाडेर अघि बढन खोज्दा प्रहरीले त्यस्तो गैर जिम्मेवार व्यवहार नगर्न र कफी लिएरै जान आग्रह गर्दा उनले झर्कदै नमानेको पनि देखिन्छ । अझै आस्थाले चोर औंला तेस्र्याएर ‘पख्लास तँलाई देखाइदिन्छु’ भन्ने मुद्रा प्रकट गरेको पनि छर्लंगै देखिन्छ ।
भिडियो हेर्नुहोस् :








