काठमाडौं। त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्य’वहार गरेको आ’रोप लगाउँदै गा’ली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत वि’वादमा तानिएकी छन् ।
राउतले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आरो’प लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दु’र्व्यवहार गरेको आस्थाको आ’रोप छ ।
भिडियोमा उनले प्रहरीले आफूलाई चे’कजाँचका क्रममा ‘तँ’ भनेको आ’रोप गाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।
राउतले प्रहरीप्रति आ’क्रो’श पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने,‘‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आप’त्तिज’नक छन् । केहीदिनभित्रै घट’नाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’’
यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।
डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’’
सामाजिक सञ्जालमा आस्थाको आ’लो’चना भएपछि उनले फेस’बुक मार्फत मा’फी मागेकी छन् ।








