मैले १७ हजार मान्छे मारेको होइन, पाँच हजार हो:प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको दाबी गरेका छन् ।

File Photo : Puspa Kamal Dahal ‘Prachanda’ / Google

उनले बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।सम्बोधनका क्रममा प्रचण्डले भने “मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ। साथीहरु यो होइन । ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु” ।

युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी लिने प्रष्ट पारे। ‘युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु। म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस्।’ उनले थपे ।

सँगै प्रचण्डले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाउने दाबी गरेका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालकसहित सातजनाको हत्या घटनामा दोषी ठहर भएर जेलमा रहेका थारु अगुवा चौधरीलाई छिट्टै छुटाउने आश्वासन दाहालले दिएका हुन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।