सिड्नी ।
युक्रेन ईन्टरनेश्नलको बिमान बुधबार बिहान तहरानको ईमाम खामोनी बिमानस्थल नजिकै दुर्घटनामा परेको छ ।
बिमानमा १८० यात्रु र १२ जना चालक दलका सदस्य गरी १९२ जना उडेका थिए । बोइङ ७३७-८०० दुर्घटनामा परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
युक्रेनको राजधानी केइभका लागि उडान भरेको बिमान टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको युक्रेनका मिडियाहरुले लेखेका छन् ।
दुर्घटनामा भएको क्षतिको बिबरण आईसकेको छैन । यद्दपी सार्बजनिक भिडियोमा भने बिमान हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ ।
https://twitter.com/i/status/1214756252749877250