सुलेमानीको अन्त्येष्टिमा ३५ जनाको मृत्यु

एजेन्सी
एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । केर्मान सुलेमानीको गृहनगर हो जहा उनको अन्त्येष्टी गरिदैछ ।
अमेरिकाले कमाण्डर सुलेमानीको हत्य गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ । यस्तै सुलेमानकी छोरीले अमेरिका संग बदला लिने चेतावी समेत दिएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।