BREAKING : पर्यटनमन्त्री योगेश भट्टराईलाई अष्ट्रेलिया छोड्न हस्ताक्षर सुरु

सिड्नी ।
भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । तर,अहिले पर्यटनमन्त्री चौतर्फी रुपमा आलोचित बनेका छन् । प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा आयोजित परेडलाई ओपेरा हाउसका सुरक्षाकर्मीले रोकेपछि देश-बिदेशमा यो समचारले राम्रो स्थान पाएको थियो ।
चौतर्फि रुपमा समचार आएपछि मन्त्री भट्टराईले फेसबुक मार्फत् सो घटनाका बारे खण्डन गरेका थिए । पर्यटनमन्त्रीले र्याली (परेड)लाई कसैले नरोकेको दाबी गरेका छन् ।

यसै बिच अहिले अष्ट्रेलियाका नागरिक जोन स्मितले मन्त्री भट्टराईलाई तत्काल अष्ट्रेलिया छोड्न चेतावनी स्वरुपको हस्ताक्षर संकलन सुरु गरेका छन् ।स्मितले उनलाई देश छाड्नका लागि चेन्ज डट ओआरजी बाट अभियान सुरु गरेका हुन् । चेन्ज विश्वमै परिबर्तको दबाब दिने बलियो माध्यम बनेको छ ।

यो समचार तयार पार्दा सम्म एक सय हस्ताक्षरको लक्ष्यमा १४ जनाले हस्ताक्षर गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्:

र्यालीलाई रोकेको छैन : पर्यटनमन्त्री

र्यालीलाई सुरक्षाकर्मीले रोकेकै हो,दुईमत छैन : पोख्रेल

नेपाल भ्रमण बर्ष २०२०,सिड्नीमा मच्चियो हंगामा,राजदुत भन्छन् अफबाह फैलाईयो

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलियामा

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।