सिड्नी ।
भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । निकै तामझामले ओपेराको आंगनमा कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी भएता पनि अष्ट्रेलियाको पछिल्लो अबस्थाका कारण आयोजकले कार्य्रकमलाई परिमार्जन गरी सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराईको सहभागीतामा ओपेरा हाउस भन्दा करिब ३०० मिटर वर नै औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम स्थल देखी ओपेरा हाउस सम्म र्याली (परेड) निकाल्ने आयोजकको तयारी अनुरुप र्यालीमा सहभागी भए र ओपेरा तर्फ र्याली जादै गर्दा ओपेरा हाउसका सुरक्षाकर्मीले र्यालीलाई रोकेको र्यालीमा सहभागी तथा भ्रमण बर्ष २०२० का एनआरएनए टाक्स फोर्सका ओसेनिया कोर्डिनेटर दिनेश पोख्रेलले बताए ।
नेपाली टिभी संग टेलिफोन संबादमा उनले आम सर्बसाधारणलाई र्यालीलाई जान पाउने अन्तिम विन्दु सम्म पुगेको बताउदै सो स्थान बाट अगाडी जानका लागि अनुमति पत्र चाहिने तर आयोजक संग अनुमति पत्र नभएका कारण सामान्य सोधपुछ गर्दै सो बिन्दु बाट अगाडी जान रोक लगाएको बताए ।तर, उनेल समचारमा आए जस्तो अबस्था सृजना नभएको दाबी गरे ।
र्यालीका निम्ति आबश्यक पत्रचार र अनुमतिका बिषयमा आफुले मिटिङमा जनर्ल कन्सुलेट लगायतका आयोजक पदाधिकारीलाई समेत जिज्ञासा राखेको र सो बिषयमा सबै काम भैईसकेको जनर्ल कन्सुलेटले जानकारी गराएकाले यस बिषयमा थप जानकारी आफुलाई नभएको जिकिर गर्दै पोख्रेलले समग्रमा कार्यक्रम सफल भएको बताए ।
उता पर्यटनमन्त्री योगेश भट्टराईलाई सुरक्षाकर्मीले रोकको बिषयमा राजदुत महेशराज दाहाल संग जिज्ञासा राख्दा उनले आफुहरुले र्याली (परेड) नै नगरेको दाबी नेपाली टिभि संग गरेका थिए । पोख्रेलको भनाईलाई आधार मान्ने हो भने राजदुत दाहालले मिडिया संग झुट बोलेको देखिन्छ ।
अष्ट्रेलिया जलेर संकटलकालको अबस्थामा रहेका बेला तामझामले यस्ता किसिमको प्रचार प्रसार गर्नुले नेपाल-अष्ट्रेलिया बिचको मित्रतामा समेत फाटो आउन सक्ने जानकार बताउछन् ।
नेपालमा गएको विनासकारी भुकम्पका बेला अष्ट्रेलियाले छोटो समयमा नै सहयोग उपलब्ध गराएको स्मरण गर्दै अहिले अष्ट्रेलियालाई नेपाल सरकारले सक्दो सहयोग गर्नुपर्नेमा अधिंकास बताउछन् । नेपाल सरकारले अहिले सम्म सहयोगको बिषयमा आधिकारिक धारण सार्बजनिक गरेको छैन ।