सिड्नी घटना: पत्नीको धारिलो हतियारले नेपाली मुलका पतीको मृत्यु

सिड्नी ।
शुक्रबार साँझ ग्रानभिल स्थित ब्लाकसेल स्ट्रिटको एक घरमा भएको पती-पत्नीको घर झगडामा पत्नीको धारिलो हतियारको प्रयोगले पतीको मृत्यु भएको छ ।साँझ सात बजेर ३० मिनेटको समयमा भएको उक्त घटनाका बारे चौतर्फि रुपमा नेपाली भनेर खबर सार्बजनिक भए पनि स्रोतका अनुसार मृतक नेपाली मुलका युबा रहेको खुलेको छ । युबा भारतको सिलोङका स्थायीबासी हुन् । उनी स्वयमले आफु सिलोङ बाट रहेको सामाजिक संजालमा समेत सार्बजनिक गरेका छन् ।

स्रोतका अनुसार पति-पत्नी बिच भएको घरायसी कलहले सो घटना भएको र पत्नीले नै पतीलाई धारिलो चक्कु (हतियार) प्रहार गरेर ज्यान लिएको समेत बताईएको छ । यद्दपी एनएसडब्लु प्रहरीले भने यसलाई घरेलु हिंसाले उत्पन्न परिस्थिती भनेको छ ।

७ बर्षीय छोरी समेत रहेको यो परिवार नेपाली समुदाय र नेपाली क्रियाकलापमा समेत सकृय हुदै आएको स्रोत बताउछ । मृतक युबा खेलकुदमा समेत सकृय हुदै आएका थिए ।

घटना लगत्तै ग्रानभिल प्रहरीले दुबैलाई वेस्टमेड हस्पिटल लगेको थियो । आकस्मिक टेलिफोनमा प्रहरी घटना स्थल पुग्दा युबक अत्यन्त गम्भिर अबस्थामा रहेको र युबती (पत्नी) सामान्य चोटपटकमा रहेको प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

युबाको हस्पिटलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नीको समान्य उपचार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । प्रहरीले नेपाली या भारतीय भनेर यकिन गरेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।