बुसफायर कारण एनएसडब्लुमा संकटकाल घोषणा

सिड्नी ।
अष्ट्रेलियाको पूर्वी क्षेत्रमा केहि दिन देखि लागेको डढेलोका कारण अहिले अन्तर्राष्ट्रिय समचार माध्यममा समेत यहाँको डढेलोको समचार हेडलाईनमा परेको छ ।बुसफायर (डढेलो)को प्रभाब सबै भन्दा बढी एनएसडब्लु राज्यमा परेको छ । प्राय:ले एनएसडब्लुलाई सिड्नीका रुपमा पनि चिन्ने गर्छन् । सर्बाधिक बस्ती रहेको उक्त राज्यमा अहिले डढेलोकै कारण संकटकालको समेत घोषणा गरिएको हो ।

Photo : AFP

डढेलोको प्रतिकुल प्रभाब नियन्त्रण बाहिर रहेकाले मानब बस्ति प्रभाबित बन्दै गएको छ । डढेलोको धुवाले प्रतिकुल असर पारेको छ । जसको कारण एनएसडब्लुमा ९ लाख ७० हजार हेक्टर भुमि प्रभाबित बन्नुका साथै १ सय ५० घर जलेर नष्ट भएका छन् ।

डढेलोको संकटकाल क्विसल्याण्डमा समेत छ । क्विसल्याण्डमा ९ घर जलेका छन् । ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानका ठूला झाडीहरूमा डढेलो लागेको छ । यहाँका समचार माध्यमले जनाएका छन् ।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन् ।अधिकारीहरूले आज देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउन सक्ने बताउदै सचेत रहन अपिल समेत गरेका छन् ।

सिड्नीको उत्तरी क्षेत्र र दक्षिण सहित ठूलो क्षेत्रमा डढेलोको चेतावनी दिइएको छ । आज यहाँको तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको छ ।

Photo : REUTERS

आगलागी भएकामध्ये कतिपय सुक्खा प्रभावित क्षेत्र पनि छन्। आगोको मुस्लोका बीच घरहरूमा मानिसहरू फसेको खबरहरू पनि सार्बजनिक भईरहेका छन् । तर,यस बारे यकिन जानकारी भने आईसकेको छैन । डढेलोलाई नियन्त्रणमा लिन करिब १ हजार भन्दा बढी अग्नी नियन्त्रकहरुले काम गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

अष्ट्रेलियाको अन्य राज्यमा भन्दा सर्बाधिक बढी मात्रामा एनएसडब्लु राज्यमा नेपालीको बाक्लो बसोबास छ । यसमा पनि सिड्नी सहरमा नेपालीहरुको बाक्लो उपस्थित छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।