८ अगष्ट सिड्नी ।
केहि महिना देखी सिड्नीमा प्रधान ग्रुपले एक सय भन्दा बढी नेपाली बिध्यार्थी ठग्दै आएकोमा अष्ट्रेलियाबासी नेपाली समुदायलाई सचेत गराउदै सोको बारे गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले बुधबार प्रेस बिज्ञप्ती जारी गरेको छ ।बिशेष गरी काम नपाएका र नयाँ-नयाँ नेपाली बिध्यार्थीहरुलाई क्लिनिङको काम दिने भन्दै जनही ५०० डलर देखि माथि नगद पैसा लिएर काम दिन नसकेको भन्दै पिडित बिध्यार्थीहरुले गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको ध्यानाकर्षण गराएपछि बिज्ञप्ती जारी गरिएको हो ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक नन्द गुरुङ द्वारा जारी प्रेस बिज्ञप्तीमा ठगको नाम उल्लेख नगरे पनि कम्पनीको नाम प्रधान ग्रुप रहेको बताईएको छ । प्रधान ग्रुप संगै एसिया प्यासिफिक एजुकेसन एण्ड माईग्रेसन सेन्टरको समेत नाम आएको छ ।
पिडितहरु संग नेपाली टिभीले प्रत्यक्ष भेटमा बुझ्दा आफुहरुलाई ‘आशिस प्रधान’भन्ने मान्छेले दुई,तीन महिना अघि देखी काम दिन्छु भनेर प्रलोभनमा पारी ठगेको बताएका छन् । प्रधानकै कारण केहिको घरमा श्रीमान-श्रीमती बिचमा मनमुटाब समेत पैदा गरेको र सुसाईड गर्न बाध्य समेत पारिदैछ भन्ने प्रतिकृया दिएका छन् । एनआरएनएले भने पिडितहरुलाई यो एक साताको अबधिमा पैसा फिर्ता गर्नका लागि समय दिदै उक्त ब्यक्तिको नाम सार्बजनिक नगरिएको बताएको छ । यद्दपी सो समयसिमामा पैसा फिर्ता नगरेको खण्डमा १३ अगष्टमा नाम समेत सार्बजनिक गरिने बिज्ञप्तीमा भनिएको छ । पिडित समुहका अनुसार १२२ जना भन्दा बढी संग पैसा लिएको र दस-बिस जनाको मात्रै पैसा फिर्ता गरेको बताएका छन् । पिडितका अनुसार आफुहरुको मुख्य-मुख्य कागजपत्र भिषा,ट्याक्स फाईल नम्बर,बैकिङ. डिटेल,कलेजको सिओई सबै लगेकाले ‘आईडेन्टीटि थेप्ट’ भएको भन्दै सहयोग गर्न अपिल समेत गरेका छन् । केहिले बुधबार नै ‘आईडेटिन्टी थेप्ट’को केसमा कम्पलेन समेत हालिसकेको बुझिएको छ । यस्तै समस्या समाधान गरी ठग प्रधानलाई कार्बाहिको दायरामा ल्याउनमा एनआरएनए अष्ट्रेलिया लगायतका संघ-सस्था संग पनि पिडितहरुले माग गरेका छन्।
पछिल्लो समय उक्त नाम गरेको ब्यक्तिले सन् २०१३ देखि नै बिभिन्न बाहनामा नेपाली लगायतका ब्यक्तिहरुलाई ठग्दै आईरहेको तथ्य खुल्दै आएका छन् ।
यस बिषयमा नेपाली टिभीले १५ जुलाईमा पहिलो पटक ठगीको समचार प्रकाशन गरेको थियो ।
यो पनि पढ्नुहोस्: