अकल्पनिय निधन पछि सुष्मा स्वराजको अन्तिम ट्विट भाईरल

काठमाण्डौ ।
भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको अकल्पनिय निधनले भारत लगायत कुटनितिज्ञ नियोग समेत स्तब्ध बनेको छ । उनको उपचारको क्रममा गए राती स्थानीय समय अनुसार १२ बजे निधन भएको हो । अहिले स्वराजको निधन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको प्रसांशा गर्दै ५ भन्दा बढी ट्विट गरेका छन् । भने,सुष्माले निधन पुर्ब गरेका पोस्ट गरेका ट्विट समेत सार्बजनिक भएसंगै भाईरल समेत भएका छन् ।हृदयाघात हुनुअघिको ट्विटमा उनले आफू धारा ३७० खारेज गरेकै दिन देख्नका लागि बाँचेको जस्तो संकेत गरेकी छिन् । उनले संविधानको धारा ३७० खारेज गर्दै कश्मिरका लागि गरिएको विशेष व्यवस्था हटाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै जीवनकै अन्तिम ट्विटमा लेखेकी छिन्- ‘प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन । मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।’

साँझ ७ बजेर ४१ मिनेटमा यो ट्विट गरे लगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्य समस्या जटिल हुदै गएपछि अल इण्डिया मेडिकल इन्स्टिच्यूट (एम्स) लगेर भर्ना गरिएको केही समयपछि नै चिकित्सकहरूले उनलाई हृदयाघात भएको बताएका थिए ।

सुष्माको ट्विट यस्तो थियो :
मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।’ भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजले आफ्नो अन्तिम ट्विटमा लेखेकी छिन्- ‘प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन । मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।’ उनले जम्मु-कश्मिरका लागि विशेष व्यवस्था गर्ने संविधानको धारा ३७० खारेज गरेको सन्दर्भमा यो ट्विट गरेकी थिइन् । सुषमा स्वराजको अन्तिम ट्विट : ‘प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन । मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।