अमेरिकामा मास सुटिङ टेक्सासमा २० मारिए, २४ घाइते

टेक्सास ।

अमेरिकाको टेक्सास राज्यको अल्पासोमा शनिबार भएको एक मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका छन् भने २४ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा एकजना २१ वर्षीय श्वेत युवा पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यो एक श्वेत-जातिवादी आतंक जस्तो देखिए पनि अहिले नै निष्कर्षमा पुगी नसकिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।अमेरिकामा फेरि अर्को एक मास सुटिङको घटना घटेको छ । घटना टेक्सास राज्यको अल्पासोमा घटेको हो । शनिबार एक सपिङ कम्प्लेक्समा भएको मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका छन् भने २४ जना गम्भीर घाइते भएका छन् ।

क्रुसियसले शुक्रबार नै सामाजिक सञ्जालमा यस्तो घटना घटाउने चेतावनी दिइएको भेटिएको छ । उनको पोष्टलाई हेर्दा यो एक जातिवादी आक्रमण जस्तो देखिएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भरहेको र अहिले नै निष्कर्षमा पुग्न नसकिने बताएको छ । मृतकहरूको सनाखत भैसकेको छैन । गम्भीर घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भैरहेको छ ।

-बीएल-अन्तरार्ष्ट्रिय ब्यूरो/डल्लास, टेक्सास

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।