खुसी हुदा गुमेको स्वर्णिम जीवन

श्यामसुन्दर गिरी

30 july Sydney
अष्ट्रेलिया यो देशको नाम सुन्ने बित्तीकै नेपालका हाम्रा अधिकांस अभिभाबकहरुलाई लाग्छ डलरको खेती गरिने देश । तर,यहाँ डलरको खेती गर्न कति सहज कति असहज छ भन्ने कुरा कमैलाई मात्र थाहा होला । अष्ट्रेलिया उच्च शिक्षाकै लागि आउने हो । सबैको सपना पढ्ने अनि कमाउने नै हो तर सोचेको जस्तो त्यती सहज भने पक्कै छैन ।सुरुमा काम पाउन गाह्रो पाए पछि काम र पढाईको समय मिलाउन उत्तिकै गाह्रो हुदा हुदाको परिस्थितिमा कामको थकान मेट्न साथीभाई संग घुमफिर गर्न सबैलाई मन लाग्छ यो पनि सबैले अबसर पाएका हुदैनन किनकी युनिको ,रेन्ट,ग्रोसरी,मोबाल खर्च लगायतका अन्य दैनिकि खर्चले वाक्क बनाउने परिस्थिमा बिध्यार्थी काल गुज्रिरहेको हुन्छ । तर,सबैको जिवन यस्तै हुन्छ भन्ने चाँहि होईन,केहिको नेपालमा सोचे भन्दा पनि राम्रो हुनसक्छ तर पक्कै पनि थोरैको मात्र त्यस्तो होला ।

हप्तामा ५ दिन मज्जाले काम गर्ने र दुई दिन विकएन्डमा रमाईलो गर्ने चाहना सबैको हुन्छ । यही क्रममा रमाईलोका लागि समय निकालेर साथीभाई संग घुमफिर गर्दाको त्यो रमाईलो क्षणमा हाँस्दा हाँस्दै या त खुसी हुदा-हुदै त्यो रमाईलो पल या खुसी सदाका लागि अन्त्य हुने गरेका पनि छन् ।पछिल्लो समय अष्ट्रेलियामा विकेएन्डमा साथीभाई,आफन्त संग खुसी साटासाट गर्दा धैरैले आफ्नो स्वर्णिम जीवन अन्त्य गरेका छन् । केहि समय अघि फिगरऐट पुलमा चेतन सापकोटाले फोटो खिच्ने क्रममा नै स्वर्णिम जिवन अन्त्य गरेका थिए । यो एउटा प्रतिनिधि पात्र मात्र हो खुसी मनाउदा सामुन्द्रिक तट देखि लिएर लामो यात्रामा यात्रा गर्दा धेरै घटनाले धेरैको स्वर्णिम जिवनको अन्त्य भएको छ ।

हालै विकेण्डमा रमाईलो गर्न जादै गर्दा २ जनाले आफ्नो स्वर्णिम जिवनको अन्त्य गर्न परेको छ । अहिले स्नोई माउन्टेनमा हिँउ खेल्न जाने बेला हो । हरेक सपतान्तमा हिँउ खेल्न ४,५ घण्टाको लामो दुरीको यात्रा तय गरिरहदा सजगता पनि उत्तिकै उपनाउनु पर्ने देखिन्छ ।

स्नोई माउन्टेनमा साथीहरुको समुमा हिँउ खेल्न जादै गर्दा सडक दुर्घटनामा आफ्नो स्वर्णिम जिवन गुमाउन पुगेका समिक्षा सुबेदी र गोपाल भण्डारीको दुर्घटना पुर्बको फेसबुक लाईभ हेर्दा देखिन्छ उनिहरुको खुसी तर उनका खुसि केहि घण्टा पनि टिक्न पाएन । खुसी हुदा-हुदै साथी भाईहरु संग हाँस्दा हाँस्दै उनीहरुले आफ्नो अमुल्य जीवन गुमाउन परेको छ ।

यो दुखद् घटनाले अष्ट्रेलियाको नेपाली समुदायलाई अत्यन्त दु:खी तुल्याएको छ । आगामी दिनमा हामी लामो यात्रा गर्दा,रमाईलो गर्दा,यात्रामा भलाकुसारी गर्दा प्रयोग गरिने शब्द र समुन्द्रमा पौडी खेल्दामा समेत बिशेष सजगता अपनाउनु पर्ने देखिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।