अपडेट ! सडक दुर्घटनामा मृतकको शब नेपाल पठाईने

२९ जुलाई सिड्नी ।
आईतबार स्नोईस्नोई माउन्टेन हिउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा सडक दुर्घटनाका मृतकको शब नेपाल पठाउने तयारी गरिएको छ । दुर्घटनामा एक महिला र पुरुषको निधन भएको थियो ।नेपाली राजदुताबास क्यानबेराले दिएको जानकारी अनुसार समिक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको हो । उनीहरुको सब पठाउने तयारी समेत रहेको दुताबासले नेपाली टिभीलाई जानकारी गराएको छ ।
मृतकका परिबार निरन्तर रुपमा दुताबासको सम्पर्कमा रहेको समेत दुताबासका कर्मचारी निर्मल भट्टराईले नेपाली टिभीलाई बताए । घटनामा घाईतेहरुको स्वास्थ्य अबस्था कार्यबाहक राजदुत दुर्पदा सापकोटा आईतबार नै क्यानबेरा अस्पताल पुगेकी थिईन् ।

भट्टराईका अनुसार १०० देखि ११० को गतिमा रहेको सवारी कगांरुलाई बचाउन खोज्दा नै दुर्घटना भएको हो । दुर्घटनामा घाईते अश्विन कडेल कोमा बाट डिस्चार्ज भएर सिड्नी फर्किसकेका छन् । सागर भट्टराई र संगीत देबकोटाको अहिले क्याबेरा अस्पतालमा उपचार भईरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।