अपडेट ! दुर्घटना पुर्ब संकेत,स्याण्ड गीत नबजा दुर्घटना हुन्छ (लाईभ भिडियो सहित)

२८ जुलाई सिड्नी ।
अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने स्नो माउन्टेनमा हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ ।आईतबार बिहानै एनएसडब्लुको कुमा नजिकको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमेर समुहका युबाहरुको मृत्यु भएको हो । कार सडक छेउको रुखमा ठोकिएर करिब १ सय पचास मिटर तल खसेको स्थानीय मिडियाले लेखेका छन् । कारमा पाँच जनाको समुह स्नोई माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा (क्यानवेरा) मा क्याम्पिंग गरेर विहानै स्नो माउन्टेन तर्फ सवार हुदै गर्दा कोमा सबअर्बमा दुर्घटना भएको थियो ।दुर्घटनामा २० देखी २२ उमेर समुहका १ महिला र १ पुरुषको निधन भएको खबर छ । यद्दपी यसलाई प्रहरीले पुष्टी गरिसकेको छैन । नेपाली दुताबासका कर्मचारी निर्मल भट्टाई संग टेलिफोनमा यस बिषयमा बुझ्दा कोमा अस्पतालमा उपचार गराएका आश्विन कडेल डिस्चार्ज भएर घर फर्केका छन् ।

शनिबार साँझ सिड्नी बाट क्यानबेरा जादै गर्दा बाटोमा गीत बजाएर रमाईलो गर्दै फेसबुक लाईभ गर्दै सवार थिए । यो समुहमा १५ जना थिए जसमा ३ वटा गाडीमा पाँच-पाँच जना सवार थिए । क्यानबेरामा राती खानपिन गरेर यो समुह राती नै स्नोई माउन्टेन तिर प्रस्थान गरेका थिए । तर बिहान अचानक गाडी सडक दुर्घटना हुन पुगेको थियो । यो समुहका अन्य दुई गाडीका साथीहरुले भने स्नोई माउन्टेन पुगेपछि मात्र आफ्नो साथीको गाडी दुर्घटनामा परेको थाहा पाएका थिए ।

दुर्घटनामा परेको गाडीलाई सागर भट्टराईले कुदाएका थिए । समिक्षा सुबेदीले गरेको फेसबुक लाईभमा स्याण्ड गीत बजेपछि एक युबकले यस्तो रुन मन लाग्ने स्याण्ड गीत नबजाउ,मलाई रुन आउछ,म रोए भने दुर्घटना हुन्छ भनेका छन् । त्यसपछि डान्सिङ टाईपको गीत बजेको छ ।

दुर्घटनामा पर्नेहरुमा समिक्षा सुवेदी, गोपाल भण्डारी, अश्विन कडेल, सागर भट्टराइ र सँगीत देवकोटा रहेका छन । समिक्षा सुबेदी पोखरा, गोपाल भन्डारी, सँगीत देवकोटा र सागर भट्टराई चितवन, अश्विन कंडेल ललितपुरका हुन् ।

भिडियो हेर्नुहोस् :

यो पनि पढ्नुहोस्:

अपडेट ! सडक दुर्घटनामा एक महिला एक पुरुषको मृत्यु,एकको डिस्चार्ज,दुई क्यानवेरा अस्पतालमा

हिँउ खेल्न जादा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।