अपडेट ! सडक दुर्घटनामा एक महिला एक पुरुषको मृत्यु,एकको डिस्चार्ज,दुई क्यानवेरा अस्पतालमा

२८ जुलाई सिड्नी ।
अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने स्नो माउन्टेनमा हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । आईतबार बिहानै एनएसडब्लुको कुमाको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमेर समुहका युबाहरुको मृत्यु भएको स्थानीय मिडियाहरुले जनाएका छन् । कार सडक छेउको रुखमा ठोकिएर करिब १ सय पचास मिटर तल खसेको स्थानीय मिडियाले लेखेका छन् ।कारमा पाँच जनाको समुह स्नो माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा (क्यानवेरा) मा क्याम्पिंग गरेर विहानै स्नो माउन्टेन तर्फ सवार हुदै गर्दा कोमा सबअर्बमा दुर्घटना भएको थियो ।दुर्घटनामा २० देखी २२ उमेर समुहका १ महिला र १ पुरुषको निधन भएको खबर छ । यद्दपी यसलाई प्रहरीले पुष्टी गरिसकेको छैन । नेपाली दुताबासका कर्मचारी निर्मल भट्टाई संग टेलिफोनमा यस बिषयमा बुझ्दा कोमा अस्पतालमा उपचार गराएका आश्विन कडेल डिस्चार्ज भएर आफन्त संग सिड्नी आउने क्रममा यति बेला क्यानबेरा आईपुगेका छन् ।

भट्टराईका अनुसार क्यानबेरा अस्पतालमा सागर भट्टराई र संगीत देबकोटाको उपचार भईरहेको छ । यि दुबै खतरा मुक्त रहेको चिकित्सकलाई उदृत गर्दै भट्टराईले नेपाली टिभीलाई जानकारी गराएका छन् । जस मध्येको एक घाईतेलाई कार्यबाहक राजदुत दुर्पदा सापकोटाले भेटेर कुरा गरेको समेत उनले बताए ।

राजदुताबास निरन्तर रुपमा प्रहरीको सम्पर्कमा रहेकाले प्रहरीले मृत्यु घोषणा गरेपछि राजदुताबासले प्रेस रिलिज निकाल्ने भएको छ । क्यानबेरामा उपचाररत मध्ये एकलाई एमआरआई गर्न पर्ने खुलेको छ । एकको होस आउने-जाने अबस्था देखिएकाले कसैले पनि घटनाको बारे राम्रो संग सोधपुछ गर्ने सकिने अबस्था नरहेको उनले बताए ।

घटना भएको खबर लगत्तै गैर-आबासीय नेपाली संघ अष्ट्रेलिया एसिटिका पदाधिकारीहरु समेत सकृय भएर सहयोगमा जुटेका थिए । अस्पताल पुगेका एकका अनुसार पाच जना मध्येका ३ चितबनको गीतानगर-सरदपुर आसपासको भएको र दुई पोखराको रहेको पनि बुझिएको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारे यो समचार तयार पार्दा सम्म सार्बजनिक भएको छैन । प्रहरी घटनाको कारण छानबिनमा रेहको छ ।

थप जानकारीका लागि हामी प्रयासरत छौ ।

यो पनि पढ्नुहोस् :
हिँउ खेल्न जादा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।